पोखरा महानगरपालिका क्षेत्रमा शुक्रबारदेखि चार दिनसम्म बिहानको समयमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण अन्तर्गत पोखरा ग्रिड महाशाखाले बिहीबार सूचना जारी गर्दै सो जानकारी दिएको हो।
सूचनाअनुसार शुक्रबारदेखि मङ्गलबारसम्म हरेक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ। पोखरा उपत्यकामा विद्युत् आपूर्ति गर्ने कुँडहर सबस्टेशनको १३२ केभी बसबार मर्मत कार्य गर्नुपर्ने भएकाले दैनिक पाँच घण्टा विद्युत् सेवा अवरुद्ध हुने जनाइएको छ।
प्राधिकरणका अनुसार मर्मत कार्य सम्पन्न भएपछि सोमबार बिहान ११ बजेदेखि विद्युत् सेवा पुनः नियमित रूपमा सुचारु गरिनेछ। प्राधिकरणले यस अवधिमा हुन सक्ने असुविधाप्रति उपभोक्तासँग क्षमायाचना गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

Online Arthik










