स्थानिय बजारमा आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ६२ हजार ५ सय रुपैयाँ पुगेको छ।
अघिल्लो दिन सुनको मूल्यमा १४ सय रुपैयाँको गिरावट आएको थियो। सो दिन सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको थियो।यसैगरी, आज चाँदीको भाउ पनि प्रतितोला ११० रुपैयाँले बढेर ४ हजार ५२५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

Online Arthik










