एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ। बैंकले हाल कायम रहेको चुक्तापूँजीको २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको हो। यसअनुसार हालका सेयरधनीहरूले प्रत्येक २ कित्ता सेयर बराबर १ कित्ता हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन्।
बैंकको पुस २० गते सम्पन्न सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्न पूर्वसहमतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष आवेदन पेश गर्ने निर्णय गरेको बैंकले जनाएको छ। राष्ट्र बैंकबाट आवश्यक सहमति प्राप्त भएपछि उक्त प्रस्ताव बैंकको आगामी वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गरिनेछ।

Online Arthik










