नेपालका लागि म्याक्सस विद्युतीय सवारीसाधनको आधिकारिक वितरक हिमालय मोट्रक्स प्रालिले आफ्ना तीन प्रिमियम विद्युतीय सवारीसाधनको संशोधित मूल्य सार्वजनिक गरेको छ। यस कदमले नेपाली विद्युतीय सवारी बजारप्रति म्याक्ससको दीर्घकालीन प्रतिबद्धता झल्काएको कम्पनीले जनाएको छ।
नयाँ मूल्यसूचीअनुसार म्याक्सस ई–टेरन ९ लक्जरी मोडेलको मूल्य १ करोड १० लाख रुपैयाँ र ई–टेरन ९ प्रिमियम मोडेलको मूल्य १ करोड १८ लाख रुपैयाँ तोकिएको छ। त्यसैगरी, प्रिमियम विद्युतीय एमपीभी म्याक्सस मिफा ७ को मूल्य १ करोड २४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।ग्राहक पहुँच र सेवाको गुणस्तर थप सुदृढ बनाउने उद्देश्यसहित म्याक्सस नेपालले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गरेको छ। हाल काठमाडौँ, पोखरा, विराटनगर र बिर्तामोडमा म्याक्ससका डिलर सञ्चालनमा छन्। साथै, बुटवल, नारायणगढ र नेपालगञ्जमा नयाँ डिलरशिप स्थापना गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ, जसले म्याक्ससको राष्ट्रव्यापी उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
सेवा सुविधाको क्षेत्रमा पनि म्याक्ससले सर्भिस नेटवर्क विस्तार गरेको छ। काठमाडौँ उपत्यकाभित्र स्वयम्भू र धोबीघाटमा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् भने उपत्यकाबाहिर पोखरा, विराटनगर र बिर्तामोडमा सेवा सुविधा उपलब्ध रहेको कम्पनीको जानकारी छ।म्याक्सस ई–टेरन ९ विद्युतीय पिकअप उच्च प्रदर्शन र अत्याधुनिक प्रविधिका कारण विशेष पहिचान बनाउँदै आएको छ। यसमा ३२५ किलोवाट क्षमताको डुअल मोटर सिस्टम प्रयोग गरिएको छ, जसले ७०० न्युटन–मिटर टर्क प्रदान गर्छ। साथै, १०२ किलोवाट–आवर क्षमताको ब्याट्रीमार्फत एक पटकको चार्जमा ५६० किलोमिटरसम्मको ड्राइभिङ रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।
सवारीमा समावेश गरिएको इन्डिपेन्डेन्ट एयर सस्पेन्सन र एड्जस्टेबल राइड हाइटले उबड–खाबड सडक तथा अफ–रोड यात्रामा समेत आरामदायी र प्रभावकारी प्रदर्शन सुनिश्चित गर्दछ।उच्च प्रदर्शन, प्रिमियम सुविधाहरू तथा विस्तार हुँदै गएको डिलर र सर्भिस नेटवर्कका साथ म्याक्सस नेपालले देशलाई स्वच्छ, दिगो र स्मार्ट विद्युतीय यातायाततर्फ अघि बढाउन निरन्तर योगदान दिँदै आएको जनाएको छ।

Online Arthik









