दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले पुस २१ गते चापागाँउस्थित बज्रबाराही पार्टी प्यालेसमा बिहान ८ बजेदेखि आयोजना हुने तय गरिएको साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार साधारण सभामा गणपुरक संख्या नपुगेका कारण सभा स्थगित गर्नु परेको हो।उक्त सभामा हकप्रद सेयर निष्कासन गर्ने, अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा सोअनुसार कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पेश गर्ने कार्यसूची थियो। साथै, यस सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन आएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि समावेश गरिएको थियो।यसका अतिरिक्त, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित अन्य वित्तीय विवरणहरू पारित गर्ने कार्यसूची समेत तय गरिएको थियो।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस ७ गते एक दिनका लागि बुक क्लोज गरेको जनाएको छ।

Online Arthik










