आयु इन्टरटेनमेन्ट लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न कम्पनीले साधारण सभा डाकेको हो।
कम्पनी प्रालिबाट लिमिटेडमा रूपान्तरण भएपछि पहिलो पटक वार्षिक साधारण सभा आयोजना गर्न लागिएको हो। पुस २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी माघ १३ गते काठमाडौँको पिंगलास्थानस्थित होटल बद्रिनाथमा बिहान ११ बजेदेखि साधारण सभा गर्ने निर्णय गरेको छ।
उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, सञ्चालक समिति पुनर्गठन गर्ने, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू पारित गरिनेछ।
यसका साथै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा सो अवधिको सम्पूर्ण वित्तीय विवरणहरू समेत पारित गरिने कम्पनीले जनाएको छ।

Online Arthik










