अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ। पछिल्लो कारोबारमा सुनको मूल्य १.०६ प्रतिशत अर्थात ४७.५६ अमेरिकी डलरले घटेको हो। यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४३८ डलरमा कारोबार भइरहेको छ।

विश्लेषकहरूका अनुसार पछिल्लो समय निरन्तर मूल्य वृद्धि भएपछि लगानीकर्ताहरूले नाफा बुक गर्न थालेकाले सुनको मूल्यमा दबाब परेको हो। यद्यपि, अमेरिकी अर्थतन्त्रमा अपेक्षित सुधार नआएको अवस्था र फेडरल रिजर्भले आगामी दिनमा ब्याजदर कटौती गर्न सक्ने सम्भावना उच्च रहेकाले सुनको मूल्य पुनः उकालो लाग्न सक्ने आँकलन गरिएको छ। यसका साथै बढ्दो भू–राजनीतिक तनाव र विश्वव्यापी अनिश्चितताले पनि आगामी दिनमा सुनको मूल्यलाई टेवा पुग्ने देखिन्छ।

यसैगरी, आज अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य ३.७२ प्रतिशत अर्थात ३.०२ डलरले घटेर प्रतिऔंस ७७.८८ डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया