आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । उक्त सेयर खरिदका लागि हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।
संस्थाका अनुसार सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात प्रमाण संलग्न गरी बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्य खुलाइ आवेदन पेश गर्नुपर्नेछ ।
यस सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ३२४ रुपैयाँ तोकिएको छ । तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने संस्थाले जनाएको छ ।

Online Arthik










