अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा गरेका छन्। ट्रम्पले उक्त पोस्टमा आफ्नो तस्वीर सेयर गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति उल्लेख गरेका हुन्।

तर, भेनेजुएलाको वर्तमान संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति निकोलस मादुरोको अनुपस्थितिमा देशकी उपाध्यक्ष डेल्सी रोड्रिगेज ले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेकी छिन्।

यसैबीच, अमेरिकाले गत जनवरी ३ मा भेनेजुएलामा कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस लाई पक्राउ गरी अमेरिका ल्याएको दाबी गरिएको छ। मादुरोमाथि हतियार तथा लागूऔषध तस्करीसम्बन्धी मुद्दा चलिरहेको बताइएको छ। ट्रम्पको उक्त दाबीप्रति अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतिक्रिया आएका छन्। राजनीतिक विश्लेषक तथा विशेषज्ञहरूले ट्रम्पको यस कदमलाई औपचारिक वा कानुनी हैसियत नभएको राजनीतिक प्रचार मात्र भएको टिप्पणी गरेका छन्। उनीहरूका अनुसार सामाजिक सञ्जालमार्फत गरिएको यस्तो दाबीले कुनै संवैधानिक वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दैन।

उक्त घटनाक्रमले अमेरिका–भेनेजुएला सम्बन्ध थप जटिल बन्ने संकेत देखिए पनि, ट्रम्पको दाबीलाई औपचारिक रूपमा मान्यता दिने कुनै आधार नरहेको विश्लेषकहरूको निष्कर्ष छ।

तपाईको प्रतिक्रिया