आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि ४८ हजार ८०४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्री खुला गरेको हो।

उक्त सेयर खरिदका लागि जो–सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्ने संस्थाले जनाएको छ। इच्छुक लगानीकर्ताले बुटवलस्थित संस्थाको कार्यालयमा पुग्ने गरी बोलपत्र (बिडिङ) आवेदन पेश गर्नुपर्नेछ।

संस्थापक सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम रहनेछ। सेयर खरिदसम्बन्धी थप विवरण तथा आवश्यक कागजातबारे जानकारी संस्थाको कार्यालयबाट लिन सकिनेछ।

तपाईको प्रतिक्रिया