सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको पुस २८ गतेका लागि आह्वान गरिएको १९औं वार्षिक साधारण सभा स्थगित गरिएको छ। कम्पनीका अनुसार साधारण सभामा गणपूरक संख्या नपुगेका कारण उक्त सभा स्थगित गर्नुपरेको हो।
कम्पनीले अर्को सूचना जारी गरी स्थगित साधारण सभा तथा सञ्चालक निर्वाचन कार्यक्रम चाँडै नै सम्पन्न गर्ने जानकारी दिएको छ। यस सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी नयाँ मिति, समय तथा स्थान तोकी शेयरधनीहरूलाई समयमै जानकारी गराइने कम्पनीले जनाएको छ।

Online Arthik









