एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ५५ हजार ३७१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ। कम्पनीका अनुसार उक्त सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम रहनेछ।
यस संस्थापक सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। सेयर खरिदका लागि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
निर्धारित समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

Online Arthik









