दरमखोला हाइड्रो इनर्जी लिमिटेडको सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको सेयरको लक–इन अवधि आगामी माघ महिनामा समाप्त हुने भएको छ। कम्पनीका अनुसार सामूहिक लगानी कोषतर्फ सुरक्षित गरिएको १ लाख ४५ हजार ९७५ कित्ता सेयरको लक–इन अवधि माघ २८ गते समाप्त हुन लागेको हो।

उक्त सेयर सर्वसाधारणमा आईपीओ बाँडफाँड भएको मितिले ६ महिनासम्म लक–इनमा राखिएको थियो। कम्पनीले गत साउन १५ गतेदेखि साउन १९ गतेसम्म सर्वसाधारणका लागि जारी पूँजीको २८.३३ प्रतिशत बराबरको २९ लाख १९ हजार ५ सय कित्ता साधारण सेयर निष्काशन गरेको थियो।

कम्पनीको उक्त आईपीओ साउन २९ गते बाँडफाँड गरिएको थियो। लक–इन अवधि समाप्त भएपछि सामूहिक लगानी कोषको नाममा रहेको उक्त सेयर कारोबारका लागि खुला हुनेछन्।

तपाईको प्रतिक्रिया