सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले आम सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन भइसकेकाले आजदेखि सर्वसाधारणका लागि आवेदन खुला गरिएको हो ।

कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारीमा रहेका व्यक्ति तथा म्युचुअल फन्डका लागि सेयर बाँडफाँड गरेपछि बाँकी रहेको ८२ लाख कित्ता सेयर आम सर्वसाधारणका लागि खुला गरिएको छ ।

यस आधारमा कम्पनीको आईपीओ ८ लाख २० हजार आवेदकलाई न्यूनतम १० कित्ताका दरले बाँडफाँड हुन सक्ने देखिन्छ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन सक्नेछन् । आईपीओमा माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन मेरोसेयर अनलाइन प्रणालीमार्फत गर्न सकिनेछ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन् ।

तपाईको प्रतिक्रिया