बुधबार पनि नेपाली बजारमा सुन तथा चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले वृद्धि भई २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
पछिल्ला तीन दिनदेखि सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ। मंगलबार सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार कायम भएको रेकर्डलाई तोड्दै बुधबार सुनको मूल्यले नयाँ उच्च बिन्दु छोएको महासंघले जनाएको छ।यस्तै, चाँदीको मूल्य पनि बुधबार उल्लेखनीय रूपमा बढ्दै नयाँ रेकर्डमा पुगेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ३ सय १५ रुपैयाँले वृद्धि भई ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा खरिद–बिक्री भएको थियो।
अघिल्लो रेकर्डलाई तोड्दै बुधबार चाँदीको मूल्यले पनि नयाँ उच्चता कायम गरेको महासंघले जनाएको छ।

Online Arthik









