नेपाली बजारमा सुनचाँदीको मूल्यमा फेरि परिवर्तन आएको छ। आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर दुई लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घट्दै पाँच हजार ६२५ रुपैयाँमा झरेको छ।

गत बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार यसको मूल्य बढेर दुई लाख ७७ हजार २०० रुपैयाँ पुगेको थियो। चाँदीको हकमा भने बिहीबार प्रतितोला पाँच हजार ४८५ रुपैयाँ र शुक्रबार पाँच हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो। महासङ्घका अनुसार अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा भूराजनीतिक अनिश्चितताका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको हो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ५९६ अमेरिकी डलर र चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया