हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई नगद लाभांश वितरण गरेको छ। कम्पनीले माघ ६ गते सम्पन्न ३२ औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ का लागि पारित ८ प्रतिशत नगद लाभांश माघ ६ गतेदेखि वितरण सुरु गरेको हो।
कम्पनीका अनुसार साधारण सभा प्रयोजनका लागि बुक क्लोज भएको मितिसम्म कायम रहेका र हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांश जम्मा गरिएको छ।
यसैगरी, भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुलाई शीघ्र अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ।

Online Arthik









