आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितलाई असार मसान्तसम्मको दाबी बापतको रकम लिन अनुरोध गरेको छ। कम्पनीले २०८२ असार मसान्तसम्ममा क्षति भई कम्पनीमा प्राप्त भएका दाबीमध्ये हालसम्म प्रक्रिया पूरा नभएका दाबीबारे सूचना जारी गरेको हो।
कम्पनीका अनुसार दाबी सम्बन्धमा हालसम्म सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेश नभएको तथा सम्पर्कमा नआएका बीमितलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक कागजातसहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी दाबी प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।
तोकिएको समयावधिभित्र पनि आवश्यक कागजातसहित सम्पर्कमा नआएमा सम्बन्धित बीमितको दाबी फाइल बन्द गरिने कुरा कम्पनीले सूचनामार्फत जनाएको छ।

Online Arthik









