संघीय राजधानी काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा कुल ७ लाख १० हजार ७०८ मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार तीमध्ये महिला मतदाता ३ लाख ६४ हजार, पुरुष मतदाता ३ लाख ४६ हजार ११६ र अन्य सात जना रहेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं जिल्लामा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए।
निर्वाचन क्षेत्रगत विवरणअनुसार, क्षेत्र नं. १ मा २२ मतदान स्थल र ५७ मतदान केन्द्र छन्। यहाँ महिला २५ हजार २५२ र पुरुष २३ हजार २३७ गरी कुल ४८ हजार ४८९ मतदाता रहेका छन्। क्षेत्र नं. २ मा ४० मतदान स्थल र १०० मतदान केन्द्र रहेका छन्। यस क्षेत्रमा पुरुष ४५ हजार ३१५ र महिला ४३ हजार ३९३ गरी कुल ८८ हजार ७०८ मतदाता छन्, जुन काठमाडौंका सबै निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी हो।
निर्वाचन क्षेत्र नं. ३ मा २९ मतदान स्थल र ७२ मतदान केन्द्र छन्। यहाँ महिला ३२ हजार ९२३ र पुरुष ३१ हजार ५५६ गरी कुल ६४ हजार ४७९ मतदाता रहेका छन्। क्षेत्र नं. ४ मा ३३ मतदान स्थल र ८८ मतदान केन्द्र कायम गरिएको छ, जहाँ महिला ३९ हजार ५९९ र पुरुष ३६ हजार ५४२ गरी कुल ७६ हजार १४१ मतदाता छन्।
क्षेत्र नं. ५ मा ३१ मतदान स्थल र ९० मतदान केन्द्र रहेका छन्। यहाँ महिला ४० हजार ८३२, पुरुष ३७ हजार २७८ र अन्य चार गरी कुल ७८ हजार ११४ मतदाता छन्। क्षेत्र नं. ६ मा ३२ मतदान स्थल र ७९ मतदान केन्द्र छन्, जहाँ महिला ३४ हजार ९५६, पुरुष ३२ हजार ८०२ र अन्य एक गरी कुल ६७ हजार ७५९ मतदाता रहेका छन्।
यसैगरी, क्षेत्र नं. ७ मा २९ मतदान स्थल र ७८ मतदान केन्द्र छन्। यहाँ महिला ३४ हजार ७३८ र पुरुष ३२ हजार ६७३ गरी कुल ६७ हजार ४११ मतदाता रहेका छन्। क्षेत्र नं. ८ मा २३ मतदान स्थल र ६५ मतदान केन्द्र छन्, जहाँ महिला २९ हजार ८९८ र पुरुष २७ हजार ९१३ गरी कुल ५७ हजार ८११ मतदाता छन्।
क्षेत्र नं. ९ मा ३४ मतदान स्थल र ९० मतदान केन्द्र कायम गरिएको छ। यस क्षेत्रमा महिला ४० हजार २७८ र पुरुष ३८ हजार २१७ गरी कुल ७८ हजार ४९५ मतदाता रहेका छन्। क्षेत्र नं. १० मा ४७ मतदान स्थल र ९८ मतदान केन्द्र छन्। यहाँ महिला ४२ हजार ७१६, पुरुष ४० हजार ५८३ र अन्य दुई गरी कुल ८३ हजार ३०१ मतदाता रहेका छन्।
जिल्ला निर्वाचन अधिकारी भट्टराईका अनुसार निर्वाचन क्षेत्र नं. १ मा ३०, क्षेत्र नं. २ मा २२, क्षेत्र नं. ३ मा २४, क्षेत्र नं. ४ मा २८, क्षेत्र नं. ५ मा २७, क्षेत्र नं. ६ मा २२, क्षेत्र नं. ७ मा २८, क्षेत्र नं. ८ मा २२, क्षेत्र नं. ९ मा २७ र क्षेत्र नं. १० मा २७ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। यसरी काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा कुल २५७ उम्मेदवारको मनोनयन दर्ता भएको छ।

Online Arthik










