प्रिमियर डिस्टिलरी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा प्रिमियर डिस्टिलरी लिमिटेडका तर्फबाट सञ्चालक गौरव शारडा र सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दिप कार्कीले हस्ताक्षर गरेका छन्।
वि.सं. २०६९ सालमा सुनसरी जिल्लाको दुहबीमा स्थापना भएको प्रिमियर डिस्टिलरी एक अर्ब रुपैयाँभन्दा बढी लगानीमा सञ्चालनमा आएको नेपालका अत्याधुनिक एकीकृत मदिरा उत्पादन उद्योगहरूमध्ये एक हो। कम्पनीले भोड्का, ह्विस्की, रम र जीन उत्पादनका लागि आवश्यक अन्नमा आधारित ग्रेन–बेस्ड एक्स्ट्रा न्यूट्रल अल्कोहल उत्पादन गर्दै आएको छ।
यस डिस्टिलरीमा ‘द हिमालयन रिजर्भ’ ह्विस्की तथा भारतको मोहन मिकिन लिमिटेडसँग फ्रेन्चाइज सम्झौताअन्तर्गत उत्पादन गरिने ‘ओल्ड मङ्क रम’ लगायत विभिन्न ब्रान्डका मदिरा उत्पादन हुँदै आएका छन्।

Online Arthik









