स्थानीय बजारमा बिहीबार सुन तथा चाँदीको मूल्यमा कमी आएको छ। बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला २ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला ५० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला ५ हजार ८७० रुपैयाँ तोकिएको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ५ हजार ८८० रुपैयाँ थियो।गत आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो। सोमबार सुनको मूल्य बढेर प्रतितोला २ लाख ८२ हजार रुपैयाँ र चाँदी ५ हजार ८१० रुपैयाँ पुगेको थियो।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ६९५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया