गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनै लाभांश नदिने निर्णय गरेको छ। संस्थाको माघ ७ गते बसेको सञ्चालक समितिको १३८ औँ बैठकले सो निर्णय गरेको हो।

बैठकले आर्थिक विवरणहरु आगामी साधारण सभामा पेश गर्ने उद्देश्यका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पेश गर्ने निर्णय समेत गरेको जनाएको छ।

यसअघि संस्थाले आव २०८०/८१ का लागि पनि सेयरधनीहरुलाई लाभांश वितरण गरेको थिएन।

तपाईको प्रतिक्रिया