शिखर पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज माघ ९ गते अन्तिम दिन रहेको छ। कम्पनीले माघ ६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको उक्त आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले आजसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ। जसमध्ये सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ करोड २२ लाख रुपैयाँ बराबरको २ लाख २२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको छ।

आईपीओमा लगानीकर्ताहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम् १० हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ एपमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया