सरकारलाई तिर्नुपर्ने रकम लामो समयसम्म नबुझाएका ५२ जनाको तीनपुस्ते विवरण सरकारले सार्वजनिक गरेको छ । महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय, बबरमहलले व्यवसायी, कर्मचारी, कृषि व्यवसायी, सशस्त्र प्रहरीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको नामसहित तीनपुस्ते विवरण सार्वजनिक गरेको हो ।

कार्यालयले ती व्यक्तिहरूको नाम, ठेगाना र तिर्न बाँकी रकमसहितको विवरण सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा तथा ब्याज बुझाउन आग्रह गरेको छ । तोकिएको समयसीमाभित्र रकम नतिरेमा सम्बन्धित व्यक्तिहरूको चल–अचल सम्पत्ति दाबी गरी प्रचलित कानुनबमोजिम असुल उपर गरिने चेतावनी पनि दिइएको छ ।

सार्वजनिक सूचनाअनुसार सरकारी रकम तिर्न बाँकी रहेकाहरूको लगत राखी विगतका वर्षहरूमा पटक–पटक सूचना प्रकाशित गरिएको थियो । साथै, सम्बन्धित व्यक्तिहरूको घरठेगानामा पत्राचार गरी उपस्थित हुनसमेत अनुरोध गरिएको थियो ।

तपाईको प्रतिक्रिया