सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ३० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३.९४ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म बैंकले १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।सो अवधिमा बैंकको खुद ब्याज आम्दानी उल्लेख्य रूपमा बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ९१ करोड ८२ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ११.२९ प्रतिशतले वृद्धि भई समीक्षा अवधिसम्म १२ करोड ५३ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा ४५ करोड १३ लाख रुपैयाँ र खुद सञ्चालन आम्दानी १ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।बैंकको रिटेन्ड अर्निङ भने घटेको छ । अघिल्लो आवमा ३६ करोड ८३ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ घटेर ९ करोड ४६ लाख रुपैयाँमा सीमित बनेको छ । यद्यपि, बैंकको रिजर्भ १ अर्ब ७० करोड रुपैयाँबाट बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।समीक्षा अवधिसम्म बैंकले ५४ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४४ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको वितरणयोग्य मुनाफामा कमी आएको छ । अघिल्लो आवमा २५ करोड २५ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा घटेर ९ करोड ४६ लाख रुपैयाँमा सीमित बनेको छ । यससँगै बैंकको लाभांश क्षमता १४.७२ प्रतिशतबाट घटेर ५.०७ प्रतिशतमा झरेको छ ।यस अवधिमा बैंकको खराब कर्जा अनुपात ४.९९ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६.२१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.२४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६९७.९९ रुपैयाँ, मूल्य–आम्दानी अनुपात २४.७८ गुणा र तरलता अनुपात २५.५० प्रतिशत कायम भएको छ

तपाईको प्रतिक्रिया