नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले स्थापना र सेवा सञ्चालनको १६ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ। सन् २०१० जनवरी २५ देखि औपचारिक सेवा सुरु गरेको इसेवाले ‘सबै, सधैं, सँगै’ भन्ने मूल नाराका साथ मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, फ्लाइट र होटल बुकिङ, बिमा, मुभी टिकट, कर्जा तथा लगानीलगायतका सेवाहरू प्रदान गर्दै हरेक नेपालीको दैनिकीसँग डिजिटल रूपमा जोडिएको प्लेटफर्म बनेको छ। १७ औँ वार्षिकोत्सव तथा इन्नोभेसन डे का अवसरमा बोल्दै इसेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्रीले कम्पनीका सेवाहरू अझ उत्कृष्ट, सुरक्षित र भरपर्दो बनाउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे भने प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले नेपालकै कम्पनीले विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको बताए। यस अवसरमा इसेवाले दृष्टिविहीन तथा कम दृष्टि भएका प्रयोगकर्ताका लागि टकब्याक सुविधा, भुक्तानीलाई छिटो र सरल बनाउने इन्टेन्ट बेस्ड पेमेन्ट, र साथीहरूबीच बिल बाँडफाँड र संवाद सहज बनाउने इसेवा सर्कल च्याट जस्ता तीन नयाँ प्रयोगकर्ता–केन्द्रित सुविधाहरू सार्वजनिक गरेको छ। यसले डिजिटल वित्तीय समावेशिता, प्रयोगकर्ता अनुभवमा सुधार र नवप्रवर्तनको मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।

Online Arthik









