गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार देखाएको छ। बैंकले समीक्षा अवधिमा ६० करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.८३ प्रतिशतले बढी हो। अघिल्लो आवको दोस्रो त्रैमाससम्म बैंकको खुद नाफा ५५ करोड ५८ लाख रुपैयाँ रहेको थियो।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा उल्लेख्य रूपमा बढेको छ। वितरणयोग्य मुनाफा १०८.९२ प्रतिशतले वृद्धि भई ३० करोड ८४ लाख रुपैयाँ पुगेको छ। साथै, बैंकको लाभांश क्षमता पनि सुधार भएको छ। अघिल्लो आवमा ५.२० प्रतिशतमा सीमित लाभांश क्षमता चालु आवको दोस्रो त्रैमाससम्म १०.२४ प्रतिशत पुगेको छ।बैंकको कस्ट अफ फण्ड ५.४२ प्रतिशतबाट घटेर ३.७६ प्रतिशतमा झरेको छ, जसले नाफामा सकारात्मक प्रभाव पारेको छ। खराब कर्जा अनुपात ४.७८ प्रतिशत रहेको बैंकले सम्भावित जोखिम व्यवस्थापनका लागि इम्पेयरमेन्ट चार्जअन्तर्गत ३८ करोड २४ लाख रुपैयाँ छुट्टाएको छ।दोस्रो त्रैमाससम्म बैंकको निक्षेप संकलन ९१ अर्ब २७ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ७२ अर्ब ९४ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो आवको तुलनामा वृद्धि भएको हो।
वित्तीय सूचकांकतर्फ बैंकको प्रतिसेयर आम्दानी (EPS) २१.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.५९ रुपैयाँ, मूल्य आम्दानी अनुपात (PE) १८.५३ गुणा तथा तरलता अनुपात २५.२७ प्रतिशत कायम भएको छ।

Online Arthik









