यूनिटेक हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रस्ताव पारित गर्ने उद्देश्यसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । माघ ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले माघ २९ गते वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार साधारण सभा काठमाण्डौको रविभवनस्थित होटल क्राउन प्लाजामा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव प्रस्तुत गरी पारित गरिनेछ ।यसका साथै सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू पनि छलफल गरी पारित गरिने कम्पनीले जनाएको छ ।

Online Arthik









