नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ३ लाख ५०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी तोलामा ५ हजार १० रुपैयाँमा कारोबार भएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय १० रुपैयाँ थियो।

Online Arthik









