माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १८ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत आवको सोही अवधिको १६ करोड २० लाख रुपैयाँको तुलनामा १२.९६ प्रतिशतले बढी हो। कम्पनीको कुल आम्दानी यस अवधिमा ३९ करोड ६४ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो आवको दोस्रो त्रैमासमा ३५ करोड १३ लाख रुपैयाँ थियो।

कम्पनीको वित्त खर्च बढेको छ; अघिल्लो आवको ८ करोड १४ लाख रुपैयाँको वित्त खर्च बढेर ९ करोड ६० लाख रुपैयाँ पुगेको छ। यस अवधिमा कर्मचारी खर्च १ करोड ३५ लाखबाट बढेर १ करोड ६२ लाख, सञ्चालन तथा मर्मत खर्च १ करोड ५० लाखबाट १ करोड ७४ लाख, र प्रशासनिक खर्च ४१ लाख ६० हजारबाट ५२ लाख ४९ हजार पुगेको छ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ३६ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ र रिजर्भमा ५४ करोड ९७ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रति सेयर आम्दानी (EPS) ११.८९ रुपैयाँबाट बढेर १३.४३ रुपैयाँ, प्रति सेयर नेटवर्थ १५२.८२ रुपैयाँ, र पीई रेसियो ३०.०५ गुणा कायम रहेको छ।

तपाईको प्रतिक्रिया