ग्राण्ड सेन्ट्रल होटल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ। माघ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन २९ गते बिहान ११ बजेदेखि इटहरीस्थित होटल परिसरमा सभा आयोजना गर्ने निर्णय गरेको हो। सभाबाट आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नुका साथै सोसँग सम्बन्धित आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिनेछ। साथै कम्पनीको पूँजी वृद्धि तथा पूँजी संरचना परिवर्तनसम्बन्धी प्रस्ताव पनि पारित गरिने जनाइएको छ। सभामा कम्पनीको वार्षिक प्रतिवेदन तथा गत आर्थिक वर्षको सम्पूर्ण वित्तीय विवरणहरू अनुमोदन गर्ने कार्यसूची रहेको छ।

तपाईको प्रतिक्रिया