टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेड ले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको हो।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन १ गते आईपीओ जारी गर्न अनुमति दिएको जनाएको छ। स्वीकृतिअनुसार कम्पनीले ४२ करोड ३० लाख ६६ हजार ८ सय रुपैयाँबराबरको रु. १०० अंकित दरका ४२ लाख ३० हजार ६६८ कित्ता साधारण सेयर निष्कासन गर्नेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड नियुक्त रहेको छ।

तपाईको प्रतिक्रिया