होटल फरेष्ट इन लिमिटेड को प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ। उक्त आईपीओको बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड ले काठमाडौंको बुढानिलकण्ठस्थित Holiday Inn Resort Kathmandu Budhanilkantha मा आज बिहान सम्पन्न गरेको हो।
कम्पनीले गत माघ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। बिक्री प्रबन्धकका अनुसार आईपीओमा कुल २६ लाख ६० हजार ४५२ आवेदकबाट २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो।जसमध्ये २ करोड ६१ लाख ५७ हजार ३६० कित्ता सेयरका लागि परेको २४ लाख ४ हजार ४७७ आवेदन सदर भएको छ। सी–आस्वा सदस्यबाट २ लाख ५५ हजार ९७५ आवेदन रिजेक्ट गरिएको छ भने ३३ हजार १६२ आवेदन बदर भएका छन्।कुल सदर आवेदकमध्ये ३ लाख ३२ हजार जनालाई १० कित्ताका दरले ३३ लाख २० हजार कित्ता सेयर बाँडफाँड गरिएको छ। आईपीओको नतिजा मेरो सेयर तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेड को वेबसाइटमार्फत हेर्न सकिनेछ।

Online Arthik










