स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार रुपैयाँले घटेको सुनको भाउ आज थप ९ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हाल सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि भने एक तोला सुनको मूल्य ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको थियो। लगातारको गिरावटसँगै बजारमा सुनको मूल्यमा उतारचढाव देखिएको छ।

तपाईको प्रतिक्रिया