ICRA Nepal Limitedले नागरिक लगानी कोषलाई ‘आईसीआरएएनपी–आईआर ए प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङ वित्तीय दायित्वहरू समयमै सेवा गर्ने क्षमतामा पर्याप्त सुरक्षा भएको संस्थाको रूपमा मूल्यांकन गरिने सूचक हो। आईसीआरए नेपालको मूल्यांकन समितिले गरेको निर्णयअनुसार कोषले यो रेटिङ प्राप्त गरेको हो।
वि.सं. २०४७ सालमा स्थापना भई २०४८ माघ १ गतेदेखि सेवा सुरु गरेको नागरिक लगानी कोषले हाल कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन योजना, लगानीकर्ता अवकाश कोष योजना, राष्ट्रसेवक कर्मचारीको जीवन बीमा कोष, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना तथा नेपाल कृषि अनुसन्धान परिषद् बीमा कोषलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। उक्त रेटिङले कोषको वित्तीय स्थायित्व र दायित्व निर्वाह क्षमतामा विश्वसनीयता झल्काएको बताइएको छ।

Online Arthik









