लुम्बिनी विकास बैंकले संस्थापक समूहअन्तर्गत रहेको २० हजार २९० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। उक्त सेयर हालका संस्थापक सेयरधनीको स्वामित्वमा रहेको हो।
बैंकका अनुसार, सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ। आवेदन डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा लिखित रूपमा बुझाउनुपर्नेछ। निर्धारित अवधिभित्र आवेदन नपरेमा भने उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ।

Online Arthik










