Sipradi Trading Pvt. Ltd. ले होली पर्व नजिकिँदै जाँदा सुरक्षित यात्रालाई प्राथमिकतामा राख्दै टाटा कमर्सियल गाडीका ग्राहकहरूका लागि विशेष ‘होली सर्भिस क्याम्प’ सञ्चालन गर्ने भएको छ। कम्पनीका अनुसार फागुन १० गतेदेखि १५ गतेसम्म देशभर रहेका २० वटा सर्भिस सेन्टरमा एकैसाथ क्याम्प आयोजना गरिनेछ। चाडपर्वको समयमा गाडीको अवस्था उत्कृष्ट राखी सुरक्षित तथा निर्बाध व्यवसाय सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले क्याम्प सञ्चालन गर्न लागिएको जनाएको छ।
क्याम्पअन्तर्गत सहभागी गाडीहरूको १० प्रमुख बुँदामा विस्तृत प्राविधिक परीक्षण गरिनेछ। जसमा ब्रेक सिस्टम, कुलिङ सिस्टम, इन्जिन हेल्थ तथा ल्युब्रिकेशन, टायर तथा ह्वील सेफ्टी, इलेक्ट्रिकल सिस्टम, स्टेरिङ तथा सस्पेन्सन, क्लच र ट्रान्समिसन, क्याबिन सेफ्टी, च्यासिस तथा अन्डरबडी चेक तथा इमरजेन्सी तथा अन्य सुरक्षा जाँच समावेश छन्। परीक्षणपछि सवारी साधनको समग्र अवस्था मूल्याङ्कन गरी आवश्यक मर्मत तथा सर्भिससम्बन्धी सुझाव प्रदान गरिने कम्पनीले जनाएको छ।
क्याम्प अवधिभर Tata Motors का जेन्युइन पार्ट्समा १५ देखि २० प्रतिशतसम्म छुट, ल्युब्रिकेन्टमा २२ प्रतिशत छुट तथा लेबर चार्जमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। साथै, सर्भिस प्याकेजमा दर्ता गर्ने ग्राहकहरूले उक्त सुविधा एक वर्षसम्म उपभोग गर्न सक्नेछन्। प्रि–सर्भिस बुकिङ गरी वर्कशपमा आउने तीन जना भाग्यशाली ग्राहकलाई स्मार्ट फोन उपहार प्रदान गरिने कम्पनीले जनाएको छ। क्याम्प अवधिमा २ हजारभन्दा बढी टाटा कमर्सियल गाडीहरूको जाँच गर्ने लक्ष्य राखिएको छ।

Online Arthik










