स्थानीय बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। आइतबारको कारोबारमा सुनको भाउ एकैदिन ५ हजार ६ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार भने सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला ३७५ रुपैयाँले बढ्दै ५ हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा आन्तरिक मागका कारण सुन–चाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ।

Online Arthik










