होटल पार्क ल्याण्ड लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी थालेको छ। कम्पनीले आईपीओ निष्कासनको स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष फागुन ५ गते आवेदन दर्ता गराएको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति मागेको जनाएको छ। प्रस्तावित आईपीओमार्फत १५ करोड रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य कम्पनीले राखेको छ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडलाई प्रदान गरिएको छ। बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भएपछि सर्वसाधारणका लागि आईपीओ खुला गरिने कम्पनीले जनाएको छ।

Online Arthik









