मंगलबार स्थानीय बजारमा सोमबारको तुलनामा सुनको मूल्य एक हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० रुपैयाँ कायम गरिएको छ। यस्तै, एक तोला चाँदीको मूल्य पाँच हजार ५८५ रुपैयाँ निर्धारण भएको छ।
सोमबार भने एक तोला छापावाल सुन तीन लाख १३ हजार ५०० रुपैयाँ र चाँदी पाँच हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो। यसरी एक दिनमै सुनको मूल्य उल्लेख्य बढ्दा चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ।
अन्तरराष्ट्रिय बजारतर्फ मंगलबार एक औँस सुन पाँच हजार ७८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यस्तै, एक औँस चाँदीको मूल्य ९० अमेरिकी डलर कायम रहेको बताइएको छ।

Online Arthik









