शक्तिशाली ब्याट्री र दिगो प्रदर्शनसहित नयाँ स्मार्टफोन
Vivo ले नेपाली बजारमा आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्री क्षमतासहितको नयाँ स्मार्टफोन ‘भिभो वाई ३१डि’ सार्वजनिक गरेको छ। लामो समयसम्म टिक्ने ब्याट्री, भरपर्दो टिकाउपन र सहज प्रदर्शन खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको यस डिभाइसले दैनिक प्रयोगमा शक्तिशाली र स्थिर अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
यस फोनको मुख्य आकर्षण ७२०० एमएएच क्षमताको ‘ब्लुभोल्ट ब्याट्री’ हो, जसलाई ४४ वाट ‘फ्ल्यास चार्ज’ प्रविधिले साथ दिएको छ। कम्पनीका अनुसार २५ आयामी सुरक्षा संरक्षण र ६ वर्षे ब्याट्री स्वास्थ्य सुविधासहितको यस ब्याट्रीले १६०० पटक चार्ज गरेपछि पनि कम्तीमा ८० प्रतिशत क्षमता कायम राख्नेछ।
टिकाउ संरचना र उन्नत सुरक्षा सुविधा
वास्तविक जीवनका चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको यस स्मार्टफोनमा आईपी ६८ र आईपी ६९ धुलो तथा पानी प्रतिरोध क्षमता समावेश गरिएको छ। साथै, एसजीएस ५–स्टार ड्रप रेसिस्टेन्स प्रमाणीकरण, मिलिट्री–ग्रेड ड्रप प्रोटेक्सन र टाइटन ग्लास जस्ता सुरक्षात्मक विशेषताले डिभाइसलाई थप मजबुत बनाएको छ। ‘वन–ट्याप वाटर एन्ड डस्ट इजेक्सन’ र ‘वेट–ह्यान्ड टच’ जस्ता सुविधाले भिजेको हातले पनि सहज रूपमा फोन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
स्न्यापड्रागन प्रोसेसर र एआई–आधारित सुविधा
स्मार्टफोन स्न्यापड्रागन ६एस जेन २ (फोरजी) प्रोसेसरद्वारा सञ्चालित छ, जसले कम ऊर्जा खपतमा स्थिर र कुशल प्रदर्शन दिने बताइएको छ। ओरिजिनओएस ६ मा आधारित यस फोनमा ‘ओरिजिन आइल्याण्ड’, एआई–सञ्चालित ‘एआई सुपरलिंक’ र ‘एआई क्याप्सन’ जस्ता आधुनिक सुविधा समावेश छन्, जसले प्रयोगकर्ताको उत्पादकत्व, सिर्जनात्मकता र कनेक्टिभिटीलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
रंग विकल्प र मूल्य विवरण
भिभो वाई ३१डि ‘फेदर गोल्ड’ र ‘स्टारलाइट ग्रे’ गरी दुई आकर्षक रंगमा उपलब्ध हुनेछ। यो स्मार्टफोन दाराज तथा नेपालभरका आधिकारिक खुद्रा पसलहरूमा पाइनेछ।
यसको मूल्य ६ जीबी + १२८ जीबी भेरियन्टका लागि २९ हजार ४९९ रुपैयाँ, ८ जीबी + १२८ जीबी भेरियन्टका लागि ३३ हजार ९९९ रुपैयाँ र ८ जीबी + २५६ जीबी भेरियन्टका लागि ३८ हजार ९९९ रुपैयाँ तोकिएको छ।

Online Arthik










