महुली लघुवित्तले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ९ हजार ६७६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले आजदेखि उक्त सेयर बिक्री प्रक्रिया खुला गरेको जनाएको छ। सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी सप्तरीस्थित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। निर्धारित समयभित्र कुनै आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।

तपाईको प्रतिक्रिया