सुपर खुदी हाईड्रोपावर लिमिटेडको आम सर्वसाधारणका लागि जारी गरिएको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले गत फागुन ५ गतेदेखि ११ गतेसम्म निष्कासन गरेको आईपीओको बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल को काठमाडौँ नक्सालस्थित कार्यालयमा आज बिहान साढे ८ बजे सम्पन्न भएको हो। क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २६ लाख २० हजार ३४१ आवेदकबाट २ करोड ८१ लाख ६४ हजार ९५० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो। तीमध्ये २ करोड ७७ लाख ३ हजार ८८० कित्ता सेयरका लागि परेको २५ लाख ८० हजार ४७० आवेदन सदर भएको छ भने ३९ हजार ८७८ आवेदन बदर भएका छन्। कुल सदर आवेदकमध्ये १ लाख २८ हजार ६५० जनालाई गोलाप्रथामार्फत १० कित्ताका दरले १२ लाख ८६ हजार ५ सय कित्ता सेयर बाँडफाँड गरिएको छ। आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया