नेपाल टेलिकमले मोबाइल प्रयोगकर्ताका लागि सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा सुरु गरेको छ। यस सेवामार्फत एकै पटक दुई हजार, पाँच हजार वा १० हजारसम्म एसएमएस पठाउन सकिन्छ। सेवा शुल्क अनुसार २ हजार एसएमएस रु. १,२४३, ५ हजार एसएमएस रु. ३,१०८, र १० हजार एसएमएस रु. ६,२१५ मा उपलब्ध हुनेछ। सेवा प्रयोग गर्न प्रयोगकर्ताको नाममा दर्ता भएको कम्पनी सिमकार्ड अनिवार्य छ र पठाइने सन्देशको सामग्रीको जिम्मेवारी पठाउने व्यक्ति वा संस्थाको हुनेछ।
यो सेवा मोबाइल, डेस्कटप वा ल्यापटपबाट सम्बन्धित वेब पोर्टलमा लगइन गरेर प्रयोग गर्न सकिन्छ। सामूहिक सन्देश पठाउन आवश्यक मोबाइल नम्बरहरू एक्सेल शिटमार्फत अपलोड गर्नुपर्नेछ, जसपछि एकैपटक धेरै व्यक्तिलाई सन्देश पठाउन सकिन्छ। कम्पनी प्रवक्ता रबिन्द्र मानन्धरले यस सेवा सम्बन्धी जानकारी सार्वजनिक गरेका छन्।

Online Arthik










