प्रभु इन्स्योरेन्स लिमिटेड ले आर्थिक वर्ष २०८१/८२ का लागि कुल ९.१५७९ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार ९१९ रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमध्ये ८.७ प्रतिशतले हुन आउने १४ करोड ७९ लाख ८३ हजार १६५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.४६७९ प्रतिशतले हुन आउने ७७ लाख ८८ हजार ५८८ रुपैयाँबराबरको नगद लाभांश रहेको कम्पनीले जनाएको छ। उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त गरी कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

तपाईको प्रतिक्रिया