कतारस्थित नेपाली दूतावास, दोहाले त्यहाँ रहेका नेपाली नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ। दूतावासले मोबाइल फोन पूर्ण चार्ज अवस्थामा राख्न, आवश्यक नगद तथा महत्त्वपूर्ण परिचयपत्र साथमै बोक्न र नेपालमा रहेका परिवार तथा आफू बसोबास गर्ने क्षेत्रका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन अनुरोध गरेको छ। विभिन्न बहाना बनाएर फोनमार्फत दुःख दिने तथा ठगी गर्ने गुनासो आएकाले कतारी आइडी, राहदानी, बैंक खाता, एटीएम कार्डलगायत व्यक्तिगत तथा संवेदनशील विवरण कसैलाई पनि नदिन सचेत गराइएको छ। साथै, अफवाहपूर्ण सूचना, घटनास्थलका तस्बिर वा भिडियो सामाजिक सञ्जालमा सेयर नगर्न, अनावश्यक रूपमा भीडभाड हुने स्थानमा नजान र कुनै अपरिचित शव वा शंकास्पद वस्तु नजिक नजान पनि दूतावासले आग्रह गरेको छ।

Online Arthik









