फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले वार्षिक अभियान ‘सक्षम नारी’ को तेस्रो संस्करण औपचारिक रूपमा सार्वजनिक गरेका छन्। यो अभियान मार्च १ देखि मार्च ३१, २०२६ सम्म सञ्चालन हुने भएको छ र मुख्य उद्देश्य डिजिटल वित्तीय समावेशीकरणमार्फत महिलामा वित्तीय आत्मविश्वास अभिवृद्धि गर्नु हो। फोनपेले महिलालाई केवल वित्तीय सेवामा पहुँच मात्र नभई ती सेवाहरू आत्मविश्वासका साथ प्रयोग गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।
कम्पनीका अनुसार नेपालमा महिलाको वित्तीय पहुँच बढ्दै गए पनि वास्तविक सशक्तीकरणका लागि विश्वास, समझदारी र प्रयोग महत्वपूर्ण रहेको छ। ‘सक्षम नारी’ अभियानले यस अन्तरलाई सम्बोधन गर्दै परम्परागत क्रेडिट धारणा परिवर्तन गर्न र जिम्मेवार वित्तीय निर्णयलाई प्रोत्साहन गर्न केन्द्रित छ। यस वर्ष अभियानले ‘क्रेडिट डराउने विषय हो’ भन्ने सोचलाई चुनौती दिँदै क्रेडिट कार्डलाई वृद्धि, लगानी र दैनिक जीवन सहज बनाउने वित्तीय साधनका रूपमा प्रस्तुत गरेको छ।
अभियानको केन्द्रमा पूर्ण रूपमा भर्चुअल फोनपे क्रेडिट कार्ड रहेको छ, जुन सहभागी बैंकहरूको मोबाइल बैंकिङ एपमार्फत सुरक्षित रूपमा सक्रिय गर्न सकिनेछ। भौतिक कार्ड आवश्यक नपरी कारोबार गर्न मिल्ने व्यवस्था गरिएको छ।अभियान सिद्धार्थ बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र गरिमा विकास बैंक लिमिटेडसँगको सहकार्यमा सञ्चालन भइरहेको छ। सहभागी बैंकका योग्य महिला ग्राहकले फोनपे क्रेडिट कार्ड सक्रिय गरी अभियान अवधिभित्र न्यूनतम तीन वटा कारोबार पूरा गरेर सहभागिता जनाउन सक्नेछन्। नयाँ प्रयोगकर्ताहरूका लागि विशेष प्रोत्साहनको व्यवस्था पनि गरिएको छ।फोनपेले साजुना ज्वेलर्ससँग सहकार्य गर्दै आकर्षक पुरस्कार घोषणा गरेको छ। प्रत्येक सहभागी बैंकबाट ५ जना विजेताले डायमण्ड गहना सेट प्राप्त गर्नेछन् (पहिलो पटक फोनपे क्रेडिट कार्ड सक्रिय गर्ने नयाँ प्रयोगकर्ताका लागि) भने प्रत्येक बैंकबाट ५० जना विजेताले ५ हजार रुपैयाँ बराबरको छुट भौचर प्राप्त गर्नेछन्।
फोनपेले ‘सक्षम नारी २०२६’ अभियानमार्फत वित्तीय पहुँचसँगै वित्तीय आत्मविश्वास निर्माण गर्ने प्रतिबद्धता दोहोर्याएको छ। अभियानले देशभरका महिलालाई आत्मनिर्भर वित्तीय निर्णय मार्फत आफ्नो आर्थिक भविष्य निर्माण गर्न प्रेरित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

Online Arthik










