नेपालको अग्रणी स्पा तथा वेलनेस सेन्टर ट्रान्क्यूलिटी स्पा ले लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय सहर भैरहवा स्थित सिद्धार्थ विलासामा आफ्नो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यसअघि ट्रान्क्यूलिटी स्पा देशभरका प्रतिष्ठित होटलहरू जस्तै द सोल्टी काठमाडौं, र्याडिसन होटल, रोयल टुलिप काठमाडौं, रोयल टुलिप चितवन, माउण्टेन ग्लोरी पोखरा मा सेवा विस्तार गरिसकेको छ भने विदेशमा मलेसियामा पनि यसको शाखाले उत्कृष्ट सेवा प्रदान गर्दै ग्राहकहरूको मन जितेको छ।
भैरहवामा स्थापना गरिएको नयाँ शाखाले शान्ति र वेलनेसलाई एकैसाथ अनुभव गराउने उद्देश्यसहित गुणस्तरीय सेवा प्रदान गर्दैछ। यसमा हाइड्रो र्थमल थेरापी, सैलुन सेवा, स्विमिङ, जिम, परम्परागत नेपाली मसाज उपचार लगायत समग्र वेलनेस सेवाहरू उपलब्ध छन्। ट्रान्क्यूलिटी स्पाका अध्यक्ष भुवन फैजुले अनुसार, “ट्रान्क्यूलिटी स्पा एक पारिवारिक ब्रान्ड हो। हरेक व्यक्तिका लागि स्पा र वेलनेस आधारभूत आवश्यकता हुन्। भैरहवामा पूर्ण सुविधा सम्पन्न शाखा सञ्चालनमा ल्याउँदा हामी निकै उत्साहित छौं।” कार्यकारी निर्देशक सुरेश पुरी ले भने, “काठमाडौँ बाहिर गुणस्तरीय वेलनेस सेवा विस्तार गर्नु कम्पनीको दीर्घकालीन लक्ष्य हो। प्रमुख पर्यटकीय र आतिथ्य क्षेत्रहरूमा स्पा सेवाको पहुँच विस्तार हाम्रो प्राथमिकता हो।” ट्रान्क्यूलिटी स्पाले न केवल मन र शरीरलाई आराम दिने सेवा प्रदान गर्दै आएको छ, तर वेलनेस पर्यटन, व्यवसाय प्रवद्र्धन, र युवाहरूको रोजगारी सिर्जनामा पनि योगदान दिइरहेको छ। हाल कम्पनीले नेपालभर १८ भन्दा बढी शाखा सञ्चालन गर्दै २५० भन्दा बढी युवाहरुलाई रोजगारी प्रदान गरेको छ। भैरहवाको नयाँ शाखामा अहिले ४० कर्मचारी कार्यरत छन् र यो संख्या क्रमशः बढाउने योजना रहेको छ।
यस नयाँ शाखासँगै ट्रान्क्यूलिटी स्पाले नेपालको आतिथ्य तथा वेलनेस उद्योगलाई आधुनिक उपचार पद्धति र परम्परागत उपचार विधिको संयोजनमार्फत अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Online Arthik










