इरान र अमेरिकाबीचको युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। आजको कारोबारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११६ डलरभन्दा माथि पुगेको छ, जुन सन् २०२२ मा रूस–युक्रेन युद्धपछि पुगेको मूल्यभन्दा बढी हो।

हर्मुजको खाडीमा तेल ट्यांकरहरूको आवतजावत प्रभावित भएपछि विश्व बजारमा दैनिक करिब २० मिलियन ब्यारेल तेल आपूर्ति घटेको बताइएको छ। इराक र कुवैतले पनि तेल उत्पादन कटौती गर्ने घोषणा गरेका छन्। विश्लेषकहरूका अनुसार पश्चिम एसियाको अवस्था सुधार नभए यसै महिनाको अन्त्यसम्म कच्चा तेलको मूल्य प्रति ब्यारेल १५० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया