मध्यपूर्व क्षेत्रको हवाई क्षेत्रमा अमेरिकी तथा इजरायली आक्रमणका कारण नेपालबाट हुने केही अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबारका लागि तय गरिएका विभिन्न सात वटा वायुसेवा कम्पनीका दर्जनौँ उडानहरू रद्द गरिएको हो। सोमबार जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका कुवेत, शारजाह, दुबई, दोहा र दमामका उडानहरु रद्द भएको विमानस्थलले जनाएको छ ।यसैबीच फ्लाई दुबईका उडानहरू आगामी मार्च ११ तारिखसम्म नै रद्द गरिएको सूचनामा उल्लेख छ।
यात्रुहरूलाई थप जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीको वेबसाइट वा उपलब्ध गराइएका टेलिफोन नम्बरमा सम्पर्क गर्न विमानस्थलले आग्रह गरेको छ।

Online Arthik









